Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गाजामा इजरायली सेनाको आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु


एजेन्सी। मंगलवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ ।

इजरायली सेनाले विगत २४ घण्टामा तटीय क्षेत्रका १ सय ४० वटा निशानामा आक्रमण गरेको घोषणा गरेको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार इजरायली ड्रोनले उत्तरी गाजा पट्टीको जबालिया क्षेत्रमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी पाँच जनाको मृत्यु भएको छ ।

बसालकाअनुसार पूर्वी गाजा शहरको अल तुफाह छिमेकमा रहेको घर र दक्षिणमा अल जैटुन छिमेकमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी इजरायली ड्रोनहरूले गरेको दुई हवाई आक्रमणमा अन्य पाँच जनाको मृत्यु भएको छ । दक्षिणी गाजा पट्टीको खान युनिसमा बसालले शहरका विभिन्न भागहरूमा विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने आवासीय घरहरू र पालहरूलाई लक्षित गरी इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु भएको बताएका छन् । साथै मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा विस्थापितहरूलाई बसोबास गर्ने विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलवार घोषणा गर्या कि वायुसेनाले विगत २४ घण्टामा गाजा पट्टीमा १ सय ४० भन्दा बढी निशानाहरूमा आक्रमण गरेको छ ।

मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो । इजरायलले आफ्नो तिब्र आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तीमा ६ हजार ३ सय १५ प्यालेस्टिनीहरू मारिएका छन् । २२ हजार ६४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४७ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ३४ हजार १०५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?