Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

गाजामा इजरायली सेनाको आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु


एजेन्सी। मंगलवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४५ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ ।

इजरायली सेनाले विगत २४ घण्टामा तटीय क्षेत्रका १ सय ४० वटा निशानामा आक्रमण गरेको घोषणा गरेको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार इजरायली ड्रोनले उत्तरी गाजा पट्टीको जबालिया क्षेत्रमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी पाँच जनाको मृत्यु भएको छ ।

बसालकाअनुसार पूर्वी गाजा शहरको अल तुफाह छिमेकमा रहेको घर र दक्षिणमा अल जैटुन छिमेकमा प्यालेस्टिनीहरूको भेलालाई लक्षित गरी इजरायली ड्रोनहरूले गरेको दुई हवाई आक्रमणमा अन्य पाँच जनाको मृत्यु भएको छ । दक्षिणी गाजा पट्टीको खान युनिसमा बसालले शहरका विभिन्न भागहरूमा विस्थापित व्यक्तिहरूलाई बसोवास गर्ने आवासीय घरहरू र पालहरूलाई लक्षित गरी इजरायली आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु भएको बताएका छन् । साथै मध्य गाजा पट्टीको मगाजी शरणार्थी शिविरमा विस्थापितहरूलाई बसोबास गर्ने विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलवार घोषणा गर्या कि वायुसेनाले विगत २४ घण्टामा गाजा पट्टीमा १ सय ४० भन्दा बढी निशानाहरूमा आक्रमण गरेको छ ।

मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो । इजरायलले आफ्नो तिब्र आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तीमा ६ हजार ३ सय १५ प्यालेस्टिनीहरू मारिएका छन् । २२ हजार ६४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४७ पुगेको छ । घाइतेहरूको संख्या १ लाख ३४ हजार १०५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?