Trending
>>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि >>   शहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना >>   करोडौँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थी निःशुल्क पढाउनुपर्दा खुट्टा कमाउँछ :सांसद… >>   सरकारी कर्मचारीका सन्तान सार्वजनिक विद्यालयमा पढ्नु पर्ने व्यवस्था राखौँः सांसद बस्नेत
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

नयाँ सरकारलाई अर्थतन्त्र ठीक बाटोमा लैजान सुझाव


राष्ट्रियसभा सदस्य एवम नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा शुभकामना मन्तव्य दिँदै उहाँले सरकारले अर्थतन्त्रलाई ठीक बाटोमा अगाडि बढाउन सल्लाह दिनुभयो । “वर्तमान सरकारले अर्थतन्त्रलाई ठीक दिशामा लैजान कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “धान, उखुलगायत किसानका उत्पादनलाई सरकारले समयमै खरिद गर्ने र बजारीकरणको व्यवस्था गर्नुपर्छ ।”

उहाँले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्न नहुने तर्क गर्दै त्यसको समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । जनता समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले राजनीतिक स्थायित्व कायम गरी शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक वृद्धिमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले मधेसमा अत्यधिक शीतलहरका कारण पीडित बनेकालाई राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले मुलुकमा अहिले पनि किसानले मलको अभाव झेलिरहेकाले यथाशीघ्र मल उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षको सम्मानका लागि देशमा सुशासन कायम राख्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुशासन र राजनीतिक स्थिरता भएमा जनताको माग र देशको आवश्यकता पूरा गर्न सकिने धारणा राख्नुभयो । बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य मैयाँदेवी श्रेष्ठ, संविधानसभा सदस्यद्वय बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा उहाँहरुको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रियसभाको अर्को वैठक यही पुस २९ गते शुक्रबार १ बजे बस्नेछ ।


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?