Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १ जनाको मृत्यु, ११ घाइते


एजेन्सी। आधिकारिक र सुरक्षा स्रोतहरूकाअनुसार दक्षिणी लेबनानको विस्तृत क्षेत्रहरूलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै ११ जना घाइते भएको बताइएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको एक विज्ञप्तिमा दक्षिणी शहर नाबातीहको एक अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा एक महिलाको मृत्यु र अन्य ११ जना घाइते भएको पुष्टि गरिएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीका अनुसार गत नोभेम्बरमा शत्रुता समाप्त गर्ने युद्धविराम सम्झौता पछि यो नाबातीहमा दोस्रो ठूलो इजरायली आक्रमण हो । अन्तिम ठूलो हमला मे महिनामा भएको थियो ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?