Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

नाइजेरियाली राष्ट्रपतिद्वारा कर सुधार विधेयकमा हस्ताक्षर


एजेन्सी। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले पश्चिम अफ्रिकी देशको कर प्रणालीमा व्यापक सुधार गर्ने चार विधेयकमा हस्ताक्षर गरेका छन् । यो कम आय भएका र साना व्यवसायहरूमा आर्थिक बोझ कम गर्न डिजाइन गरिएको विधायी पहल हो ।

विभिन्न सरोकारवालाहरूबाट समर्थन प्राप्त गरेको नयाँ कानूनले देशको कर प्रणालीमा सुधार गर्ने, राष्ट्रिय आर्थिक वृद्धिलाई बढावा दिने र कम विशेषाधिकार प्राप्त व्यक्तिहरूलाई फाइदा पुर्याउने तथा अनौपचारिक क्षेत्रलाई उत्प्रेरित गर्ने प्रावधानहरूमार्फत लाखौं नाइजेरियालीहरूको जीविकोपार्जन बढाउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय राजधानी अबुजामा वरिष्ठ सरकारी अधिकारीहरू र प्रमुख आर्थिक सल्लाहकारहरूको उपस्थितिमा राष्ट्रपतिको स्वीकृति समारोहमा बोल्दै टिनुबुले नयाँ कानूनलाई नाइजेरियाको विकासको लागि महत्त्वपूर्ण भनेर प्रशंसा गरेका छन् ।

नयाँ कानूनले रोजगारी सिर्जना, व्यावसायिक तालिम कार्यक्रम र ग्रामीण विकास पहलहरूमा लगानी गर्न प्रतिवद्ध उद्यमहरूका लागि विशेष कर प्रोत्साहनहरू प्रश्तुत गर्नेछ । नयाँ कानून जनवरी १, २०२६ मा लागू हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?