Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

अमेरिकी सर्वोच्च अदालतले भन्योः जिल्ला न्यायाधीशलाई कार्यकारी आदेश विरुद्ध राष्ट्रव्यापी निषेधाज्ञा प्रदान गर्ने अधिकार छैन


एजेन्सी। अमेरिकी सर्वोच्च अदालतले जिल्ला न्यायाधीशहरूलाई ट्रम्प प्रशासनको जन्मसिद्ध नागरिकतालाई प्रभावकारी रूपमा अन्त्य गर्ने कार्यकारी आदेश विरुद्ध राष्ट्रव्यापी निषेधाज्ञा प्रदान गर्ने अधिकार नरहेको बताएको छ ।

वैचारिक रेखामा ६–३ मतले, सर्वोच्च अदालतका न्यायाधीशहरूले जिल्ला न्यायाधीशहरूद्वारा लगाइएको राष्ट्रव्यापी निषेधाज्ञाको दायरालाई साँघुरो पार्न ट्रम्प प्रशासनको अनुरोधलाई स्वीकृत गरेका हुन् । यद्यपि तीन न्यायाधीशहरूले निर्णयमा असहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेको केही घण्टापछि आदेशमा हस्ताक्षर गरेका हुन् । यसले संघीय एजेन्सीहरूलाई फेब्रुअरी १९ पछि जन्मेका बच्चाहरूको लागि नागरिकता मान्यता रोक्न निर्देशन दिएको थियो । यदि आमाबाबु अमेरिकी नागरिक वा स्थायी बासिन्दा होइनन् भने नागरिकता मान्यता रोकिने छ ।

२० भन्दा बढी राज्य र नागरिक अधिकार समूहहरूले तुरुन्तै आदेशलाई चुनौती दिँदै मुद्दा दायर गरेका छन् । ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउन वासिङ्टन, मेरील्याण्ड र म्यासाचुसेट्स राज्यका संघीय न्यायाधीशहरूले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेका छन् ।


प्रकाशित मिति: १४ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?