२४ चैत्र, काठमाडाैँ । सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान सुरु भएको बैठक जारी रहेको हो ।
आजको बैठक मन्त्रालयगत एजेन्डामाथि छलफलमा केन्द्रीत रहेको जानकारी दिइएको छ।
प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार