Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

दमास्कस चर्चमा भएको बम विस्फोटका दोषीहरू पक्राउ


एजेन्सी। सिरियाली सुरक्षा बलहरूले दमास्कस चर्चमा आईतवार भएको घातक आत्मघाती बम विस्फोटका दोषीहरूलाई पक्राउ गरेको बताएका छन् । जसलाई अधिकारीहरूले राजधानी र वरपर इस्लामिक स्टेट (आईएस) लुक्ने ठाउँहरूलाई लक्षित गर्दै द्रुत र समन्वित आतंकवाद विरोधी अभियानको रूपमा वर्णन गरेका छन् ।

आन्तरिक मामिलाका प्रवक्ता नूरद्दिन अल बाबाले आन्तरिक अधिकारीहरूले जनरल इन्टेलिजेन्स डाइरेक्टरेटसँगको समन्वयमा दमास्कस र यसको ग्रामीण इलाकामा आइएस लुक्ने ठाउँहरूलाई लक्षित गर्दै उच्च स्तरीय अभियान सञ्चालन गरेको बताएका छन् । जसमा ड्वेइला जिल्लाको मार एलियास चर्चमा भएको आक्रमणको लागि जिम्मेवार सेल पनि समावेश रहेको बताए ।

आईतवार साँझको प्रार्थनाको समयमा भएको बम विस्फोटमा कम्तीमा २२ नागरिकको मृत्यु भएको थियो । ५९ जना घाइते भएका छन् । सिरियाली स्वास्थ्य अधिकारीहरूकाअनुसार यो वर्षौंमा राजधानीमा भएको क्रिश्चियन पूजास्थलमा भएको सबैभन्दा घातक आक्रमण हो ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?