Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

उडान रद्ध हुँदा यात्रुहरुको बिचल्ली, चिसो भुँइमै रात बिताए, अब के गर्ने टुंगो छैन


काठमाडौँ। बुटबल, दाउन्ने र नारायणगढको बाटो छिचोल्दै २४ घण्टा लगाएर कपिलवस्तु गजेडाका दिनेश विक काठमाडौं आए । साउदी अरब जान काठमाडौं आएका दिनेश यतिबेला काठमाडौंमा अलपत्र छन् । घरबाट हिँड्दा सब ठिकठाक थियो । काठमाडौं आएपछि बिहानपख उनलाई थाहा भयो टिकट क्यान्सिल भयो । सबै भिसा, कागजात ठिकठाक भएपनि उनी उड्न नपएको र १० बजेको टिकट रद्द भएको एयरलाईन्सले बताएको उनले बताए ।

साउदी अरब जान काठमाडौं आएका दिनेश भन्छन्– ‘अचानक टिकट क्यान्शिल भयो । काठमाडौं बिहान ५÷६ बजे आइयो । १० बजेको टिकट थियो । अहिलेसम्म उड्न पाइएन । एयरलाइन्सले हात्तिसार जान भन्छ । हामीलाई केही थाहा छैनन् किन जाने ? के का लागि जाने । सरकारले हामीलाई छिटो पठाउनुपर्यो ।’

दिनेशलाई उडान किन रोकियो त्यो पनि थाहा छैन ।

झापाका किरणकुमार मुखिया सुनुवार दुबई जानका लागि हिजो काठमाडौंमा आए । राति ११ बजेर ४५ मिनेटको उडान भएपनि उनी उड्न पाएनन् । इरानले कतारमा आक्रमण गरेपछि सबै उडान रोकिएपछि अहिलेसम्म उड्न नपाएको सुनुवार बताउछन् ।

उनी भन्छन्–‘कतारमा बमबारी भएका कारण उड्न रद्ध भएको भनियो । मिडियाहरुमा पनि त्यही देखियो । अहिलेसम्म आधिकारीक रुपमा केही जानकारी आएको छैनन् । रातिदेखि चिसो भुँइमा पानी परिरहेको थियो । त्यही बस्नुपर्यो । एयरलाइन्सवालाहरुले बाहिर जानु । मेनपावरसँग सम्पर्क गर्न भन्छ । मेनपावरले एकछिन त्यहीँ बस भन्दैछ । के गर्ने दोधारमा छु ।’

उनले काठमाडौंमा आफूहरु अलपत्र परेको बताए । सुनुवारकाअनुसार खाना बस्नका लागि कुनै केही व्यवस्था छैन । उनले हिमालय एयरलाइन्सको टिकट काटेका थिए ।

स्पेन जानका लागि पोखराबाट काठमाडौं आएकी हिमा कार्की अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी छन् ।

उनी भन्छिन्–‘हिजो पोखराबाट आए । होटलमा बसे । अहिले उड्न समयमा यहाँ आउँदा रोकिएको छ । पहिल्यै हामीलाई सूचनाहरु हुनुपथ्र्यो । यदी रोकिने भए । केही जानकारी पाइएन । यो त हाम्रो सरकरको लापरबाही हो जस्तो लाग्छ । भोली अफिस जानु छ । नाति छोरी पनि सँगै छन् । अलपत्र परियो ।’

उनकाअनुसार कतार एयरलाइन्सले पनि यात्रुलाई होटलको व्यवस्था गरेर राख्नुपथ्र्यो । तर सयौं यात्रु अलपत्र पारेको छ । धनगढीका रामकुमार सदार साउदी अरब जानका लागि रातरात काठमाडौं आए । तर अहिलेसम्म उड्न पाएका छैनन् ।

उनी भन्छन्–‘२३ तारिखको फ्लाइट थियो । १० बजेर ५ मिनेटको फ्लाइटमा उड्न पाइएन । हामीलाई कुनै जानकारी दिइएन । फ्लाइट क्यानिसल गरियो । पेलेनमा गएर एक डेढ घण्टा बसियो । पछि प्लेन उडेन ।’

अहिले आफूहरु अलपत्र परेको उनले बताए । खाना बस्नका लागि आफूहरुसँग पैसा पनि नभएको उनको भनाई छ । उनीहरुजस्तै सयौँ जना यतिबेला त्रिभुवन विमानस्थलमा अलपत्र छन् । कतिबेला उड्ने उनीहरुलाई पत्तो छैन ।राज्यले पनि सहजीकरण गर्न सकिरहेको छैन । इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । रातिदेखि खाडिका उडान बन्द भएपछि सरकारले अलपत्र यात्रुका बारेमा चासो नदेखाएको उड्न नपाएका अलपत्र यात्रुहरुले बताएका छन् ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?