Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

इराकमा इजरायली आक्रमणमा मारिएका सशस्त्र समूहका नेताहरूको अन्त्येष्टि


एजेन्सी। इराकी अर्धसैनिक पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आईतवार बगदादमा इजरायली आक्रमणमा मारिएका शिया सशस्त्र समूहका नेताहरूको अन्त्येष्टि गरिएको छ ।

इराकी शिया मिलिशियाहरूको छाता निकाय, इराकमा इस्लामिक रेजिस्टेन्सले शनिवार इरानसँगको सीमा क्षेत्रमा इजरायली आक्रमणमा एक वरिष्ठ सुरक्षा नेताको मृत्यु भएको थियो । इराकमा इरान समर्थक इस्लामिक रेजिस्टेन्सले एक विज्ञप्तिमा भनेको छ कि कताइब सय्यद अल शुहादा मिलिशियाको सुरक्षा एकाइका प्रमुख हैदर अल मौसावी आक्रमणमा मारिएका छन् ।

मारिएका हिज्बुल्लाह नेता हसन नसरल्लाहका सहयोगी अबु अली अल खलिल र उनका छोरा पनि आक्रमणमा मारिएका छन् । इराकी शिया मिलिशियाहरूको छाता निकाय, इराकमा इस्लामिक रेजिस्टेन्सले शनिवार इरानसँगको सीमा क्षेत्रमा इजरायली आक्रमणमा एक वरिष्ठ सुरक्षा नेताको मृत्यु भएको पुष्टि गरेको थियो । इराक र इरानको सीमा क्षेत्रमा इजरायली आक्रमणका कारण मृत्यु भएको बताइएको छ ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?