Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैनः सांसद कार्की


काठमाडौँ। नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताए । सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताएका छन् । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, कहीँ न कहीँ हामीले विश्वासको आधार जनतालाई दिएनौँ भने भोलि जनता निराशातिर जान सक्छन् । सुनचाँदी व्यवसायीलाई हामीले संरक्षण पनि गर्नुपर्छ । संवद्र्धन पनि गर्नुपर्छ । सुनचाँदी व्यवसायीहरुको हाम्रो संस्कृति, पर्यटन, धेरै महत्वपूर्ण सम्बन्ध छ । कर नै चाहिँदैन भनेर एकछिन खुशी मानेर राष्ट्र समृद्धिको दिशातर्फ अघि बढ्न सक्दैन । राष्ट्रलाई कर पनि चाहिन्छ । तर कर लगाउनेको पनि एउटा सीमा हुन्छ । सुन चाँदी व्यवसायीहरुले जुन माग राख्नुभएको छ, मैले बुझेअनुसार सबैको एउटै किसिमको राय बुझेको छ । विनियोजन विधेयकमा संसदमा छलफल भइरहेको छ । उहाँहरुको जायज मागलाई हामीले यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्नुपर्छ । चोरी, फटाईं छ भने अनुगमन गरौँ, सुन चाँदी व्यवसायीको संरक्षण गरेनौँ भने व्यवसायको संरक्षण गर्ने र आर्थिक समृद्धि हुँदैन । सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि हुन्छ ? सटर धेरै भन्दा धेरै खुल्नुपर्छ । त्यो वातावरण हामीले बनाउनुपर्छ ।

सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गरे । सबै व्यवसायीहरुको सटर खुल्ने वातावरण सरकारले बनाउनुपर्ने बताएका हुन् ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?