Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

व्यवसायीको सटर बन्द गराएर आर्थिक समृद्धि हुन सक्दैनः सांसद कार्की


काठमाडौँ। नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताए । सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताएका छन् । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले भने, कहीँ न कहीँ हामीले विश्वासको आधार जनतालाई दिएनौँ भने भोलि जनता निराशातिर जान सक्छन् । सुनचाँदी व्यवसायीलाई हामीले संरक्षण पनि गर्नुपर्छ । संवद्र्धन पनि गर्नुपर्छ । सुनचाँदी व्यवसायीहरुको हाम्रो संस्कृति, पर्यटन, धेरै महत्वपूर्ण सम्बन्ध छ । कर नै चाहिँदैन भनेर एकछिन खुशी मानेर राष्ट्र समृद्धिको दिशातर्फ अघि बढ्न सक्दैन । राष्ट्रलाई कर पनि चाहिन्छ । तर कर लगाउनेको पनि एउटा सीमा हुन्छ । सुन चाँदी व्यवसायीहरुले जुन माग राख्नुभएको छ, मैले बुझेअनुसार सबैको एउटै किसिमको राय बुझेको छ । विनियोजन विधेयकमा संसदमा छलफल भइरहेको छ । उहाँहरुको जायज मागलाई हामीले यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्नुपर्छ । चोरी, फटाईं छ भने अनुगमन गरौँ, सुन चाँदी व्यवसायीको संरक्षण गरेनौँ भने व्यवसायको संरक्षण गर्ने र आर्थिक समृद्धि हुँदैन । सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि हुन्छ ? सटर धेरै भन्दा धेरै खुल्नुपर्छ । त्यो वातावरण हामीले बनाउनुपर्छ ।

सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गरे । सबै व्यवसायीहरुको सटर खुल्ने वातावरण सरकारले बनाउनुपर्ने बताएका हुन् ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?