Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

इरान–इजरायल तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक


एजेन्सी। इजरायल र इरानबीच बढ्दो तनावको बीचमा इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ ।

रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो ।

आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गरे ।

कार्यक्रममा, टर्कीका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताए ।

यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपमा इजरायलको समस्या भएको बताएका हुन् । दुई दिने बैठकमा ३५ भन्दा बढी विदेशमन्त्रीहरू सहभागी भएका थिए । जसमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र पाँच उपमन्त्रीहरू समावेश थिए ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?