Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इरान–इजरायल तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक


एजेन्सी। इजरायल र इरानबीच बढ्दो तनावको बीचमा इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ ।

रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो ।

आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गरे ।

कार्यक्रममा, टर्कीका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताए ।

यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपमा इजरायलको समस्या भएको बताएका हुन् । दुई दिने बैठकमा ३५ भन्दा बढी विदेशमन्त्रीहरू सहभागी भएका थिए । जसमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र पाँच उपमन्त्रीहरू समावेश थिए ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?