Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

प्यालेस्टाइनलाई समर्थन गर्न मोरक्कोको राजधानीमा हजारौंको र्‍याली


एजेन्सी। बढ्दो क्षेत्रीय तनावका बीचमा प्यालेस्टिनी उद्देश्यप्रति ऐक्यवद्धता जनाउन आईतवार हजारौं मोरक्कोलीहरू राबाट शहरमा भेला भएका छन् ।

मोरक्को र प्यालेस्टिनी झण्डा फहराउँदै प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका हुन् । उनीहरुले इजरायल विरोधी नारा लगाएका थिए । मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् ।

प्रदर्शन मोरक्को राष्ट्रिय कार्य समूह फर प्यालेस्टाइनले स्थानीय मानव अधिकार संगठनहरूसँगको सहकार्यमा आयोजना गरेको थियो । केही प्रदर्शनकारीहरूले इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि हालै गरेको हमलाको निन्दा पनि गरेका छन् । मोरक्कोले डिसेम्बर २२, २०२० मा इजरायलसँग सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेको थियो ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?