Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

प्यालेस्टाइनलाई समर्थन गर्न मोरक्कोको राजधानीमा हजारौंको र्‍याली


एजेन्सी। बढ्दो क्षेत्रीय तनावका बीचमा प्यालेस्टिनी उद्देश्यप्रति ऐक्यवद्धता जनाउन आईतवार हजारौं मोरक्कोलीहरू राबाट शहरमा भेला भएका छन् ।

मोरक्को र प्यालेस्टिनी झण्डा फहराउँदै प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका हुन् । उनीहरुले इजरायल विरोधी नारा लगाएका थिए । मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् ।

प्रदर्शन मोरक्को राष्ट्रिय कार्य समूह फर प्यालेस्टाइनले स्थानीय मानव अधिकार संगठनहरूसँगको सहकार्यमा आयोजना गरेको थियो । केही प्रदर्शनकारीहरूले इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि हालै गरेको हमलाको निन्दा पनि गरेका छन् । मोरक्कोले डिसेम्बर २२, २०२० मा इजरायलसँग सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेको थियो ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?