Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सिरियाद्वारा सार्वजनिक क्षेत्रका कामदारहरूको लागि दुई सय प्रतिशत तलव वृद्धि गर्ने कानून पारित


एजेन्सी। सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलव वृद्धि गर्ने कानून बनाएको छ ।

सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आईतवार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभुत तलव र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिएका हुन् ।

यो वृद्धि मन्त्रालय, राज्य प्रशासन, सार्वजनिक संस्था र सार्वजनिक क्षेत्र भित्रका कम्पनीहरूमा कामदारहरूमा लागू हुन्छ । यसमा प्रशासनिक एकाइहरू र संयुक्त–क्षेत्रका संस्थाहरू पनि समावेश छन् । जसमा राज्यको कम्तिमा ५० प्रतिशत हिस्सा छ । यो कदम अन्तरिम सरकारले सत्ता लिएपछि पहिलो ठूलो ज्याला वृद्धि हो । किनकि देश एक दशकभन्दा बढीको युद्ध, व्यापक मुद्रास्फीति र पूर्वाधार पतनको आर्थिक परिणामसँग जुधिरहेको छ ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?