Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

अमेरिकी रक्षा प्रमुखद्वारा इरानी आणविक स्थलमा आक्रमणबारे ब्रिफिङ, शान्तिको लागि आग्रह


एजेन्सी। अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी आणविक केन्द्रहरू विरुद्ध अमेरिकी सैन्य हमलाहरूले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पारेको बताएका छन् ।

आणविक केन्द्रहरू विरुद्ध आक्रमण गरेको भएपनि इरानी सेना वा जनतालाई लक्षित नगरेको बताए । हेगसेथले पेन्टागनद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी केन्द्रिय कमाण्डले मध्यरातमा इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न वा गम्भीर रूपमा कमजोर बनाउन इरानका तीन आणविक केन्द्रहरू फोर्डो, नातान्ज र इस्फहान विरुद्ध सटीक हमलाहरू गरेको उनको भनाइ छ । इरानी नेताहरूलाई थप आक्रमणहरूबाट बच्न शान्ति खोज्न आग्रह गरे ।

इरानी आणविक कार्यक्रमलाई ध्वस्त पारेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति खोज्नुभएको उनको भनाइ छ । इरानले त्यो बाटो अपनाउनु पर्ने उनको जिकिर छ । यो मिसन शासन परिवर्तनको बारेमा नभएको उनको भनाइ छ ।

अपरेशन मिडनाइट नामक अपरेशनमा अमेरिकी हमलाहरूमा १४ बंकर–बस्टर बम, दुई दर्जन भन्दा बढी टोमाहक मिसाइल र १२५ भन्दा बढी सैन्य विमानहरू समावेश थिए । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले तीन इरानी आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गर्दै यो आक्रामकताले संयुक्त राज्य अमेरिका इस्लामिक गणतन्त्र इरान विरुद्ध जियोनिस्ट शासनको शत्रुतापूर्ण कार्यहरू भएको बताएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिको समय बितिसकेको र देशलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए । अमेरिकाले धेरै ठूलो गल्ती गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?