Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अमेरिकी रक्षा प्रमुखद्वारा इरानी आणविक स्थलमा आक्रमणबारे ब्रिफिङ, शान्तिको लागि आग्रह


एजेन्सी। अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी आणविक केन्द्रहरू विरुद्ध अमेरिकी सैन्य हमलाहरूले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पारेको बताएका छन् ।

आणविक केन्द्रहरू विरुद्ध आक्रमण गरेको भएपनि इरानी सेना वा जनतालाई लक्षित नगरेको बताए । हेगसेथले पेन्टागनद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी केन्द्रिय कमाण्डले मध्यरातमा इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न वा गम्भीर रूपमा कमजोर बनाउन इरानका तीन आणविक केन्द्रहरू फोर्डो, नातान्ज र इस्फहान विरुद्ध सटीक हमलाहरू गरेको उनको भनाइ छ । इरानी नेताहरूलाई थप आक्रमणहरूबाट बच्न शान्ति खोज्न आग्रह गरे ।

इरानी आणविक कार्यक्रमलाई ध्वस्त पारेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति खोज्नुभएको उनको भनाइ छ । इरानले त्यो बाटो अपनाउनु पर्ने उनको जिकिर छ । यो मिसन शासन परिवर्तनको बारेमा नभएको उनको भनाइ छ ।

अपरेशन मिडनाइट नामक अपरेशनमा अमेरिकी हमलाहरूमा १४ बंकर–बस्टर बम, दुई दर्जन भन्दा बढी टोमाहक मिसाइल र १२५ भन्दा बढी सैन्य विमानहरू समावेश थिए । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले तीन इरानी आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गर्दै यो आक्रामकताले संयुक्त राज्य अमेरिका इस्लामिक गणतन्त्र इरान विरुद्ध जियोनिस्ट शासनको शत्रुतापूर्ण कार्यहरू भएको बताएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिको समय बितिसकेको र देशलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताए । अमेरिकाले धेरै ठूलो गल्ती गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?