Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

थप आक्रमण गर्ने ट्रम्पको चेतावनीका बीच इरानले भन्यो :अमेरिकाले ध्वस्त बनाएका आणविक स्थल पहिला नै खालि गरिसकेका थियौँ


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नपर्ने चेतावनी दिएका छन् । ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।

अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गर्नुभयो । इरानले अब शान्तिको बाटोमा जानुपर्ने उनको भनाइ छ ।

इरानको राज्य प्रशारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि यी तीन आणविक स्थलहरू खाली गरिसकेको बताउदै इरानले ठूलो क्षति व्यहोर्नु नपरेको बताएका छन् ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?