Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

थप आक्रमण गर्ने ट्रम्पको चेतावनीका बीच इरानले भन्यो :अमेरिकाले ध्वस्त बनाएका आणविक स्थल पहिला नै खालि गरिसकेका थियौँ


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नपर्ने चेतावनी दिएका छन् । ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।

अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गर्नुभयो । इरानले अब शान्तिको बाटोमा जानुपर्ने उनको भनाइ छ ।

इरानको राज्य प्रशारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि यी तीन आणविक स्थलहरू खाली गरिसकेको बताउदै इरानले ठूलो क्षति व्यहोर्नु नपरेको बताएका छन् ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?