Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

टर्कीका राष्ट्रपति भन्छन्ः इरान–इजरायल द्वन्द्व अन्त्यका लागि वार्ताको प्रयास गर्छौं


एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की चलिरहेको इरानी र इजरायली द्वन्द्वको बीचमा वार्तालाई सहज बनाउन आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।

टर्कीको राष्ट्रपति कार्यालयले इस्तानबुलमा इस्लामिक सहयोग संगठनको विदेश मन्त्रीहरूको ५१ औं सत्रमा भाग लिन टर्कीको भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उनले उक्त टिप्पणी गरेका हुन् ।

भेटमा एर्दोगानले इरान र संयुक्त राज्य अमेरिका बीचको प्राविधिक स्तरीय र उच्च स्तरीय वार्ता दुवैमार्फत कूटनीतितर्फ तत्काल कदम चाल्नुपर्ने बताए । यो क्षेत्रले अर्को युद्ध सहन नसक्ने बताउँदै इजरायलको कार्यहरू तुरुन्तै अन्त्य गर्न आह्वान गरे ।

टर्कीका राष्ट्रपतिले आणविक विवादको समाधान कुटनीतिक वार्तामार्फत गरिनुपर्ने कुरामा पनि जोड दिएका छन् ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?