Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

टर्कीका राष्ट्रपति भन्छन्ः इरान–इजरायल द्वन्द्व अन्त्यका लागि वार्ताको प्रयास गर्छौं


एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की चलिरहेको इरानी र इजरायली द्वन्द्वको बीचमा वार्तालाई सहज बनाउन आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।

टर्कीको राष्ट्रपति कार्यालयले इस्तानबुलमा इस्लामिक सहयोग संगठनको विदेश मन्त्रीहरूको ५१ औं सत्रमा भाग लिन टर्कीको भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उनले उक्त टिप्पणी गरेका हुन् ।

भेटमा एर्दोगानले इरान र संयुक्त राज्य अमेरिका बीचको प्राविधिक स्तरीय र उच्च स्तरीय वार्ता दुवैमार्फत कूटनीतितर्फ तत्काल कदम चाल्नुपर्ने बताए । यो क्षेत्रले अर्को युद्ध सहन नसक्ने बताउँदै इजरायलको कार्यहरू तुरुन्तै अन्त्य गर्न आह्वान गरे ।

टर्कीका राष्ट्रपतिले आणविक विवादको समाधान कुटनीतिक वार्तामार्फत गरिनुपर्ने कुरामा पनि जोड दिएका छन् ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?