Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मलेसियाको तेल भण्डारण केन्द्रमा आगलागी


एजेन्सी। मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ ।

नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ः४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो ।

अग्नि नियन्त्रकहरूले राज्यको राजधानी जोहोर बाहरू नजिकैको पासिर गुडाङ शहरमा रहेको लरी डिपोमा सक्रिय आगो फेला पारेका थिए । कुनै मानवीय क्षति नभएको बताइएको छ । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी (बर्नामा) ले घटनास्थलबाट करिव ५० मिटर टाढा रहेको आवास क्षेत्रमा पनि आगो फैलिएको रिपोर्ट गरेको छ ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?