Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अष्ट्रेलियामा सडक दुर्घटनाबाट अस्पताल भर्ना हुने दर बढ्यो


एजेन्सी। अष्ट्रेलियामा सडक दुर्घटनामा घाइते हुनेको संख्या बढिरहेको छ । पुरुष, क्षेत्रीय समुदाय र पैदल यात्रीहरू सबैभन्दा बढी प्रभावित भएको नयाँ अनुसन्धानले देखाएको छ ।

एडिलेडस्थित फ्लिन्डर्स विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार सडक दुर्घटना प्रमुख समस्या बनेको छ । जसमा हरेक दिन अनुमानित चार जनाको मृत्यु र ९० जना गम्भीर घाइते हुने गरेका छन् । अनुसन्धानको नेतृत्व गर्ने फ्लिन्डर्स विश्वविद्यालयका अली सोल्टानीले विगत एक दशकमा सडक दुर्घटनाबाट अस्पताल भर्ना हुने दर निरन्तर बढेको छ ।

२०२० मा कोभिड–१९ लकडाउनका कारण केही समयको लागि मात्र घटेको थियो । अध्ययनले १० वर्षभन्दा बढी अस्पताल भर्ना र ३५ वर्षभन्दा बढीको मृत्युको तथ्याङ्कको विश्लेषण गरेको छ । जसले शहरी क्षेत्रहरूमा बढी दुर्घटना हुने गरेको भएपनि क्षेत्रीय पीडितहरूले बढी गम्भीर चोटपटक र लामो समयसम्म अस्पताल बसाइ भोग्नुपरेको खुलासा गरेको छ । सडक दुर्घटनाका कारण अस्पताल भर्ना हुने सबैमध्ये लगभग दुई तिहाइ पुरुषहरू हुन्छन् र महिलाहरूको तुलनामा लामो समयसम्म अस्पताल बसाइँ गर्ने गर्छन् । जसले बढी गम्भीर चोटपटक लाग्ने संकेत गर्छ ।

नेदरल्याण्ड्समा आधारित जर्नल, केस स्टडीज अन ट्रान्सपोर्ट पोलिसीमा प्रकाशित अध्ययनले वृद्ध अष्ट्रेलियालीहरूले सबैभन्दा लामो समयसम्म निको हुने समयको सामना गर्छन् । पैदल यात्री, मोटरसाइकल चालक र साइकल चालकहरू विशेष गरी जोखिममा रहेको पाइएको छ । तिब्र गति र मादक पदार्थ सेवन गरी गाडी चलाउने बढेसँगै दुर्घटना बढेको बताइएको छ ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?