Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अष्ट्रेलियामा सडक दुर्घटनाबाट अस्पताल भर्ना हुने दर बढ्यो


एजेन्सी। अष्ट्रेलियामा सडक दुर्घटनामा घाइते हुनेको संख्या बढिरहेको छ । पुरुष, क्षेत्रीय समुदाय र पैदल यात्रीहरू सबैभन्दा बढी प्रभावित भएको नयाँ अनुसन्धानले देखाएको छ ।

एडिलेडस्थित फ्लिन्डर्स विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार सडक दुर्घटना प्रमुख समस्या बनेको छ । जसमा हरेक दिन अनुमानित चार जनाको मृत्यु र ९० जना गम्भीर घाइते हुने गरेका छन् । अनुसन्धानको नेतृत्व गर्ने फ्लिन्डर्स विश्वविद्यालयका अली सोल्टानीले विगत एक दशकमा सडक दुर्घटनाबाट अस्पताल भर्ना हुने दर निरन्तर बढेको छ ।

२०२० मा कोभिड–१९ लकडाउनका कारण केही समयको लागि मात्र घटेको थियो । अध्ययनले १० वर्षभन्दा बढी अस्पताल भर्ना र ३५ वर्षभन्दा बढीको मृत्युको तथ्याङ्कको विश्लेषण गरेको छ । जसले शहरी क्षेत्रहरूमा बढी दुर्घटना हुने गरेको भएपनि क्षेत्रीय पीडितहरूले बढी गम्भीर चोटपटक र लामो समयसम्म अस्पताल बसाइ भोग्नुपरेको खुलासा गरेको छ । सडक दुर्घटनाका कारण अस्पताल भर्ना हुने सबैमध्ये लगभग दुई तिहाइ पुरुषहरू हुन्छन् र महिलाहरूको तुलनामा लामो समयसम्म अस्पताल बसाइँ गर्ने गर्छन् । जसले बढी गम्भीर चोटपटक लाग्ने संकेत गर्छ ।

नेदरल्याण्ड्समा आधारित जर्नल, केस स्टडीज अन ट्रान्सपोर्ट पोलिसीमा प्रकाशित अध्ययनले वृद्ध अष्ट्रेलियालीहरूले सबैभन्दा लामो समयसम्म निको हुने समयको सामना गर्छन् । पैदल यात्री, मोटरसाइकल चालक र साइकल चालकहरू विशेष गरी जोखिममा रहेको पाइएको छ । तिब्र गति र मादक पदार्थ सेवन गरी गाडी चलाउने बढेसँगै दुर्घटना बढेको बताइएको छ ।


प्रकाशित मिति: ८ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?