Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अस्ट्रेलियाको जनसंख्या वृद्धि ३ वर्षकै न्युन


एजेन्सी। २०२४ मा अस्ट्रेलियामा कुल बसाईंसराइ ३० प्रतिशतभन्दा बढीले घटेको छ । जसले गर्दा देशको जनसंख्या वृद्धि तीन वर्षकै न्युन बिन्दुमा पुगेको हो ।

अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले आधिकारिक तथ्याङ्क जारी गर्दै २०२४ मा अस्ट्रेलियाको राष्ट्रिय जनसंख्या १.७ प्रतिशतले अर्थात ४ लाख ४५ हजार ९ सयले बढेर २७.४ मिलियन पुगेको देखाएको छ ।

यो २०२३ मा अस्ट्रेलियाको जनसंख्या २.४ प्रतिशतले बढेको र २०२१ मा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमाना बन्द भएयता एक क्यालेण्डर वर्षको सबैभन्दा कम वृद्धि दरको तुलनामा गिरावट हो ।

२०२४ मा लगभग ५ लाख ९४ हजार ९ सय मानिसहरू विदेशबाट अष्ट्रेलियामा बसाईं सरेका थिए । २ लाख ५४ हजार २ सय मानिसहरू त्यहाँबाट गएका थिए । जसको परिणामस्वरूप ३ लाख ४० हजार ७ सय ५० जनाले विदेश बसाईं सरेका छन् । यो २०२३ को तुलनामा ३५.७ प्रतिशतले घटेको छ ।

२०२३ को तुलनामा २०२४ मा अन्तर्राष्ट्रिय आगमन १९.५ प्रतिशतले कम थियो र प्रस्थान २२ प्रतिशतले बढेको थियो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजको सत्तारुढ लेबर पार्टीले मे २०२४ मा आवास आपूर्तिमा दबाब कम गर्न जुन ३० मा समाप्त हुने २०२४–२५ आर्थिक वर्षमा अष्ट्रेलियाको खुद बसाइँसराइको मात्रा २ लाख ६० हजारमा घटाउने लक्ष्य राखेको थियो ।

एबीएसले २०२४ मा अस्ट्रेलियाको जनसंख्यामा प्राकृतिक वृद्धिले १ लाख ५ हजार २ सय जना थपेको बताएको छ । जसमा लगभग २ लाख ९२ हजार ४ सय जन्म र १ लाख ८७ हजार ३ सयको मृत्यु भएको छ ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?