Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अस्ट्रेलियाको जनसंख्या वृद्धि ३ वर्षकै न्युन


एजेन्सी। २०२४ मा अस्ट्रेलियामा कुल बसाईंसराइ ३० प्रतिशतभन्दा बढीले घटेको छ । जसले गर्दा देशको जनसंख्या वृद्धि तीन वर्षकै न्युन बिन्दुमा पुगेको हो ।

अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले आधिकारिक तथ्याङ्क जारी गर्दै २०२४ मा अस्ट्रेलियाको राष्ट्रिय जनसंख्या १.७ प्रतिशतले अर्थात ४ लाख ४५ हजार ९ सयले बढेर २७.४ मिलियन पुगेको देखाएको छ ।

यो २०२३ मा अस्ट्रेलियाको जनसंख्या २.४ प्रतिशतले बढेको र २०२१ मा अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमाना बन्द भएयता एक क्यालेण्डर वर्षको सबैभन्दा कम वृद्धि दरको तुलनामा गिरावट हो ।

२०२४ मा लगभग ५ लाख ९४ हजार ९ सय मानिसहरू विदेशबाट अष्ट्रेलियामा बसाईं सरेका थिए । २ लाख ५४ हजार २ सय मानिसहरू त्यहाँबाट गएका थिए । जसको परिणामस्वरूप ३ लाख ४० हजार ७ सय ५० जनाले विदेश बसाईं सरेका छन् । यो २०२३ को तुलनामा ३५.७ प्रतिशतले घटेको छ ।

२०२३ को तुलनामा २०२४ मा अन्तर्राष्ट्रिय आगमन १९.५ प्रतिशतले कम थियो र प्रस्थान २२ प्रतिशतले बढेको थियो ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजको सत्तारुढ लेबर पार्टीले मे २०२४ मा आवास आपूर्तिमा दबाब कम गर्न जुन ३० मा समाप्त हुने २०२४–२५ आर्थिक वर्षमा अष्ट्रेलियाको खुद बसाइँसराइको मात्रा २ लाख ६० हजारमा घटाउने लक्ष्य राखेको थियो ।

एबीएसले २०२४ मा अस्ट्रेलियाको जनसंख्यामा प्राकृतिक वृद्धिले १ लाख ५ हजार २ सय जना थपेको बताएको छ । जसमा लगभग २ लाख ९२ हजार ४ सय जन्म र १ लाख ८७ हजार ३ सयको मृत्यु भएको छ ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?