Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायल इरान द्वन्द्व नियन्त्रण गर्न कुटनीति आवश्यकः महासचिव गुटेरेस


एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इजरायल इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गरेका छन् ।

सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिए । द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उनले युद्ध हुन दिन नहुने बताएका छन् । इजरायल र इरानबीचको द्वन्द्व द्रुत गतिमा बढ्दै गइरहेको छ । जसमा भयानक क्षति भइरहेको छ । नागरिकहरूको मृत्यु र घाइते हुने, घरहरू, छिमेकहरू र नागरिक पूर्वाधारहरू ध्वस्त हुने र आणविक सुविधाहरूमा आक्रमण हुने जस्ता घटनाहरू समावेश छन् ।

यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषय रहेको उनको भनाइ छ । गुटेरेसले सुरक्षा परिषद्लाई संवादको लागि एकता र तत्परताका साथ कार्य गर्न आग्रह गरे । उनले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्नसक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?