Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

इजरायल इरान द्वन्द्व नियन्त्रण गर्न कुटनीति आवश्यकः महासचिव गुटेरेस


एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इजरायल इरानी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको लागि आह्वान गरेका छन् ।

सुरक्षा परिषद्को आपतकालीन बैठकमा टिप्पणी गर्दै गुटेरेसले कुटनीतिको पहल गर्न जोड दिए । द्वन्द्वको विस्तारले कसैलाई फाइदा नहुने भन्दै उनले युद्ध हुन दिन नहुने बताएका छन् । इजरायल र इरानबीचको द्वन्द्व द्रुत गतिमा बढ्दै गइरहेको छ । जसमा भयानक क्षति भइरहेको छ । नागरिकहरूको मृत्यु र घाइते हुने, घरहरू, छिमेकहरू र नागरिक पूर्वाधारहरू ध्वस्त हुने र आणविक सुविधाहरूमा आक्रमण हुने जस्ता घटनाहरू समावेश छन् ।

यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषय रहेको उनको भनाइ छ । गुटेरेसले सुरक्षा परिषद्लाई संवादको लागि एकता र तत्परताका साथ कार्य गर्न आग्रह गरे । उनले अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति प्रदान गर्नसक्ने एकमात्र मार्गको पछाडि जुट्न आग्रह गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?