Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लेबनानी नेता र अमेरिकी कुटनीतिज्ञबीच भेट


एजेन्सी। लेबनानी नेताहरूले टर्कीका लागि अमेरिकी राजदुत र सिरियाका लागि विशेष दुत थोमस ब्यारेकसँग भेट गरेका छन् ।

ब्यारेकसँगको कुराकानीको क्रममा लेबनानी राष्ट्रपति जोसेफ आउनले संयुक्त राज्य अमेरिकालाई लेबनानको पुनर्लाभलाई समर्थन गर्न, विशेष गरी दक्षिणमा स्थिरता सुनिश्चित गर्न आह्वान गरेका छन् । आउनले कब्जा गरिएका पहाडहरूबाट इजरायली सेना फिर्ता हुन र लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलको जनादेश नवीकरण गर्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता रहेको बताए ।

लेबनानी प्रधानमन्त्री नवाफ सलामले पनि ब्यारेकसँग क्षेत्रीय अवस्थाको बारेमा छलफल गरे । सलामले शान्तिप्रति लेबनानको दृढ प्रतिवद्धतामा जोड दिए । लेबनानी भूभागमा पूर्ण सार्वभौमसत्ता कायम राख्न सरकारको प्रतिवद्धता दोहोर्याए । उनले अन्तर्राष्ट्रिय समुदायलाई लेबनानी भूभागबाट पूर्ण रूपमा फिर्ता हुन इजरायललाई दबाब दिन आग्रह गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?