Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

लेबनानी नेता र अमेरिकी कुटनीतिज्ञबीच भेट


एजेन्सी। लेबनानी नेताहरूले टर्कीका लागि अमेरिकी राजदुत र सिरियाका लागि विशेष दुत थोमस ब्यारेकसँग भेट गरेका छन् ।

ब्यारेकसँगको कुराकानीको क्रममा लेबनानी राष्ट्रपति जोसेफ आउनले संयुक्त राज्य अमेरिकालाई लेबनानको पुनर्लाभलाई समर्थन गर्न, विशेष गरी दक्षिणमा स्थिरता सुनिश्चित गर्न आह्वान गरेका छन् । आउनले कब्जा गरिएका पहाडहरूबाट इजरायली सेना फिर्ता हुन र लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलको जनादेश नवीकरण गर्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता रहेको बताए ।

लेबनानी प्रधानमन्त्री नवाफ सलामले पनि ब्यारेकसँग क्षेत्रीय अवस्थाको बारेमा छलफल गरे । सलामले शान्तिप्रति लेबनानको दृढ प्रतिवद्धतामा जोड दिए । लेबनानी भूभागमा पूर्ण सार्वभौमसत्ता कायम राख्न सरकारको प्रतिवद्धता दोहोर्याए । उनले अन्तर्राष्ट्रिय समुदायलाई लेबनानी भूभागबाट पूर्ण रूपमा फिर्ता हुन इजरायललाई दबाब दिन आग्रह गरे ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?