Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बेलायतमा यस वर्षकै सबैभन्दा बढी गर्मी


एजेन्सी। बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी भएको छ । जसरकारण इङ्गल्याण्डभर एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरिएको थियो ।

मौसम कार्यालयको पछिल्लो पूर्वानुमानअनुसार इङ्गल्याण्डको दक्षिणी भागको धेरैजसो भागमा बिहीवार दिउँसोसम्म तापक्रम ३१ सेल्सियस र ३२ सेल्सियसको बीचमा बढेको थियो ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आगामी सोमवार बिहानसम्म सम्पूर्ण इङ्गल्याण्डको लागि एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरेको छ । जसले स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूमा दबाब बढ्ने सम्भावना रहेको स्पष्ट हुन्छ ।

एजेन्सीले पहिले नै स्वास्थ्य अवस्था भएका र ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्युमा वृद्धि हुनसक्ने चेतावनी पनि दिएको छ ।

क्षेत्रीय अग्नि सेवाहरूले उच्च तापक्रमको बीचमा पानी सुरक्षाको बारेमा चेतावनी पनि जारी गरेका छन् । मौसम कार्यालयकाअनुसार हप्ता बढ्दै जाँदा तापक्रम अझ बढी बढ्नसक्छ ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?