Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बेलायतमा यस वर्षकै सबैभन्दा बढी गर्मी


एजेन्सी। बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी भएको छ । जसरकारण इङ्गल्याण्डभर एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरिएको थियो ।

मौसम कार्यालयको पछिल्लो पूर्वानुमानअनुसार इङ्गल्याण्डको दक्षिणी भागको धेरैजसो भागमा बिहीवार दिउँसोसम्म तापक्रम ३१ सेल्सियस र ३२ सेल्सियसको बीचमा बढेको थियो ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आगामी सोमवार बिहानसम्म सम्पूर्ण इङ्गल्याण्डको लागि एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी गरेको छ । जसले स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूमा दबाब बढ्ने सम्भावना रहेको स्पष्ट हुन्छ ।

एजेन्सीले पहिले नै स्वास्थ्य अवस्था भएका र ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्युमा वृद्धि हुनसक्ने चेतावनी पनि दिएको छ ।

क्षेत्रीय अग्नि सेवाहरूले उच्च तापक्रमको बीचमा पानी सुरक्षाको बारेमा चेतावनी पनि जारी गरेका छन् । मौसम कार्यालयकाअनुसार हप्ता बढ्दै जाँदा तापक्रम अझ बढी बढ्नसक्छ ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?