Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने निर्णय कागजमै सिमितः पूर्वअर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने निर्णय कागजमै सिमित भएको बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले वर्तमान अर्थमन्त्रीले तीन करोड भन्दा तलको आयोजना नगर्ने प्रतिवद्धता जनाए पनि उक्त सिद्धान्तमा अडिग रहन नसकेको बताए । उनले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारिता पनि गत वर्षहरूको जस्तै कम हुने चिन्ता व्यक्त गरे । बजेट विभिन्न ठाउँमा छरिएर विनियोजन हुने र परिणाम ननिस्कने अवस्था यसपालि पनि कायम हुनु दुःखद् भएको बताए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने कार्यविधि बनाइए पनि उक्त कार्यविधिको कार्यान्वयन भएको बताएका छन् । उनले उक्त कार्यान्वयन हुन नसक्दा धेरै ठुलो समस्या आउने जिकिर गरे । उनले प्रदेशमा देखिएको अराजकताको कुरा गरेरै साध्य नभएको बताउँदै केन्द्र सरकार पनि त्यसबाट मुक्त हुन नसकेको उल्लेख गरे ।

उनले भने, “यो बजेट आउने क्रममा अबदेखि निश्चित आकारका कार्यक्रमहरू मात्रै केन्द्र सरकारले कार्यान्वयन गर्छ, तीन करोड भन्दा तलको आयोजना हामी कार्यान्वयन गर्दैनौँ भनेर अर्थमन्त्री ज्यूले भन्नुभएको थियो । मैले सैद्धान्तिक छलफलमा बोल्दै गर्दा खेरी त्यसलाई स्वागत पनि गरेको थिए । तर, अहिले समग्रमा बजेट पुस्तिका आइसक्दा त्यो सिद्धान्तमा अडिग भएको देखिएन । त्यसले गर्दा, फेरि पनि गत समयमा जस्तो बजेटको प्रभावकारिता कम हुने भयो । बजेट विभिन्न ठाउँमा छरिएर विनियोजन हुने, परिणाम ननिस्कने अवस्था यसपालि पनि कायम हुने भयो, त्यो चाहिँ चिन्ताको विषय हो । तीन करोड भन्दा तलको आयोजना केन्द्र सरकारले कार्यान्वयन नगर्ने कार्यविधि बनाएका थियौँ । यसमा धेरै बहस पनि गयौ । त्यहीँ किसिमको कार्यविधि पनि आयो, कार्यान्वयन भएन । यसपालि कार्यान्वयन हुन्छ भन्ने मलाई विश्वास थियो, त्यो कार्यान्वयन हुन नसक्दा धेरै ठुलो समस्या आएको जस्तो मलाई लागेको छ । प्रदेशमा कति अराजकता छ भन्ने कुराको कुरा गरेरै साध्य छैन । केन्द्र सरकार पनि त्यसबाट मुक्त हुन सकेन ।”

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बढीमा तीन चार सय आयोजनाहरू प्रश्तावित हुनुपर्नेमा तीन हजार बढी आयोजनाहरू प्रश्तावित गरिएको भन्दै यसले परिमाण निकाल्न नसक्ने जिकिर गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?