Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इण्डोनेसियाको माउण्ट राउङ ज्वालामुखी विस्फोट, पूर्वी जाभामा उडान शतर्कता जारी


एजेन्सी। इण्डोनेसियाको पूर्वी जाभा प्रान्तको बान्युवांगी रिजेन्सीको माउण्ट राउङमा बिहीवार ज्वालामुखी विस्फोट भएको छ । जसले गर्दा उडान शतर्कता जारी गरिएको देशको ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रले जनाएको छ ।

बिहीवार दुई पटक विस्फोट भएको थियो । जसमध्ये ठूलो जकार्ता समय बिहान ४ः४३ बजे आकाशमा खरानीको मुस्लो उडेको थियो ।

ज्वालामुखीको वरपर ५ हजार मिटर मुनि विमानहरूलाई उडान गर्न निषेध गरेको छ । समुदाय, पर्यटक र आगन्तुकहरूलाई क्रेटरको ३ किलोमिटर दायरा भित्र कुनै पनि गतिविधिमा संलग्न नहुन सल्लाह दिइएको छ ।

समुन्द्र सतहबाट ३ हजार ३ सय ३२ मिटरको उचाइमा रहेको माउन्ट राउङ इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखीहरू मध्ये एक हो ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?