Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

इण्डोनेसियाको माउण्ट राउङ ज्वालामुखी विस्फोट, पूर्वी जाभामा उडान शतर्कता जारी


एजेन्सी। इण्डोनेसियाको पूर्वी जाभा प्रान्तको बान्युवांगी रिजेन्सीको माउण्ट राउङमा बिहीवार ज्वालामुखी विस्फोट भएको छ । जसले गर्दा उडान शतर्कता जारी गरिएको देशको ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रले जनाएको छ ।

बिहीवार दुई पटक विस्फोट भएको थियो । जसमध्ये ठूलो जकार्ता समय बिहान ४ः४३ बजे आकाशमा खरानीको मुस्लो उडेको थियो ।

ज्वालामुखीको वरपर ५ हजार मिटर मुनि विमानहरूलाई उडान गर्न निषेध गरेको छ । समुदाय, पर्यटक र आगन्तुकहरूलाई क्रेटरको ३ किलोमिटर दायरा भित्र कुनै पनि गतिविधिमा संलग्न नहुन सल्लाह दिइएको छ ।

समुन्द्र सतहबाट ३ हजार ३ सय ३२ मिटरको उचाइमा रहेको माउन्ट राउङ इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखीहरू मध्ये एक हो ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?