२३ चैत्र, काठमाडाैँ । व्यवसायी दुर्गा प्रसाई नेतृत्वको महाअभियानले गर्ने भनेको नेपाल बन्द फिर्ता भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले शुक्रबार अर्थात् चैत्र २४ गते गर्ने तयारी गरेको नेपाल बन्द फिर्ता भएको हो ।
प्रसाईले जारी गरेको विज्ञप्तिमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै बन्द फिर्ता लिइएको उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार