Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह


एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गरेका छन् ।

इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गरेका हुन् । निरन्तर तनावले क्षेत्रका सबै जनतालाई गम्भीर र भयानक हानि पुर्याउने बताए ।

इजिप्टका नेताले यस क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न शान्तिपूर्ण समाधान एकमात्र व्यवहार्य माध्यम रहेकोमा जोड दिए ।

अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवारीपूर्वक कार्य गर्न बाध्य पार्न थप सक्रिय भुमिका खेल्न आह्वान गरे ।

सिसीले ओमानको मध्यस्थतामा अमेरिका–इरानी आणविक वार्ता पुनः शुरु गर्ने तत्काल आवश्यकतालाई पनि दोहोर्याए ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?