Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

०८३ को मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे । उनले महाधिवेशन सार्न नेपाली काँग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए । काँग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मंसिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने स्पष्ट पारे । त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने भएकाले अगाडि नै महाधिवेशन गर्नुपर्ने बताए । जति सक्दो क्रियाशिल सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर गरे ।

महामन्त्री थापाले भने, ‘हामी २०८३ साल मंसिर भन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरु कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस् । नेपाली काँग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरु एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोईराला, शशांक कोईरला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भनेपनि त्यो अदालतले लगेर देखाइदिन्छ । पाइँदैन । कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन । नयाँ नाम फेरे पाइन्छ । अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पुयाउनु हुन्न । त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ । सकेसम्म अगाडि तान्नुपर्छ । तपाईंहरुले जति छिटो क्रियाशिल सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौँ ।’

महामन्त्री थापाले भ्रातृसंस्थाहरुको अधिवेशन गर्न नसक्दा दुःख दिइरहेको बताएका छन् । नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । पार्टीले नै जिम्मा लिएर अधिवेशन गराउनुपर्ने बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?