Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

इजिप्टका राष्ट्रपति र जर्मन चान्सलरबीच क्षेत्रीय विकासबारे छलफल


एजेन्सी । इनिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र जर्मन चान्सलर फ्रेडरिच मर्जले बिहीवार टेलिफोन वार्ता गरेका छन् । जसमा क्षेत्रीय विकासका विषयमा ध्यान केन्द्रित गरिएको थियो ।

मिस्रका राष्ट्रपतिले गाजामा युद्धविरामका लागि इनिप्टको प्रयासबारे जानकारी दिए । अन्तर्राष्ट्रिय समुदायले सैन्य कारबाही तत्काल रोक्न दबाब दिनुपर्ने महत्वमा उनको जोड छ ।

अल सिसीले प्यालेस्टाइनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने योजनाको पूर्ण अस्वीकार गर्दै दुई राज्य समाधानको आधारमा प्यालेस्टाइन राज्यको मान्यता विस्तार गर्नुको महत्व प्रकाश पारे । दुवै पक्षले सिरिया, लेबनान, लिबिया, सुडान र सोमालियाको विकासबारे छलफल गरेका छन् । साथै मध्यपूर्वमा स्थिरता पुनस्र्थापना गर्ने उपायहरूबारे पनि कुराकानी गरेका छन् ।

जर्मन चान्सलरले आफ्नो देशले इनिप्टसँग समन्वय र परामर्श जारी राखेर क्षेत्रीय शान्ति र स्थायित्व पुनस्र्थापना गर्न प्रतिवद्ध रहेको बताएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?