Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

संयुक्त राष्ट्र प्रमुखद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त


एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार भएको एयर इन्डियाको विमान दुर्घटनामा २ सय भन्दा बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

महासचिवले पीडित परिवारहरू, भारतका जनता र सरकारका साथै यो त्रासदीबाट प्रभावित सबै देशका नागरिकहरूप्रति समवेदना व्यक्त गरे ।

घाइतेहरूको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको गुटेरेसका उपप्रवक्ता फरहान हकले एक वक्तव्यमार्फत बताए ।

लण्डन जाँदै गरेको एयर इण्डियाको उक्त उडानमा २ सय ४२ जना सवार थिए । विमान बिहीवार भारतको पश्चिमी राज्य गुजरातको अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।

बोइङ ७८७–८ विमानमा १ सय ६९ भारतीय नागरिक, ५३ बेलायती नागरिक, सात पोर्चुगाली नागरिक र एक क्यानाडाली नागरिकका साथै १२ जना चालक दलका सदस्य सवार थिए । दुर्घटनाको क्रममा विमान एक मेडिकल कलेजको छात्रावासमा ठोक्किएको थियो ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?