Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

संयुक्त राष्ट्र प्रमुखद्वारा भारतीय विमान दुर्घटनाप्रति दुःख व्यक्त


एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार भएको एयर इन्डियाको विमान दुर्घटनामा २ सय भन्दा बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

महासचिवले पीडित परिवारहरू, भारतका जनता र सरकारका साथै यो त्रासदीबाट प्रभावित सबै देशका नागरिकहरूप्रति समवेदना व्यक्त गरे ।

घाइतेहरूको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको गुटेरेसका उपप्रवक्ता फरहान हकले एक वक्तव्यमार्फत बताए ।

लण्डन जाँदै गरेको एयर इण्डियाको उक्त उडानमा २ सय ४२ जना सवार थिए । विमान बिहीवार भारतको पश्चिमी राज्य गुजरातको अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।

बोइङ ७८७–८ विमानमा १ सय ६९ भारतीय नागरिक, ५३ बेलायती नागरिक, सात पोर्चुगाली नागरिक र एक क्यानाडाली नागरिकका साथै १२ जना चालक दलका सदस्य सवार थिए । दुर्घटनाको क्रममा विमान एक मेडिकल कलेजको छात्रावासमा ठोक्किएको थियो ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?