Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बैंक अफ स्पेनले वृद्धि पूर्वानुमान घटायो


एजेन्सी । अमेरिकी भन्सार शुल्क नीतिहरूबाट उत्पन्न अनिश्चितताका कारण बैंक अफ स्पेनले देशको आर्थिक वृद्धि पूर्वानुमानलाई घटाएर २०२५ को लागि प्रक्षेपण २.७ प्रतिशतबाट २.४ प्रतिशत र २०२६ को लागि १.८ प्रतिशतमा घटाएको छ ।

बैंकका गभर्नर जोस लुइस एस्क्रिभाले संसदको आर्थिक आयोगलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । जुन १० मा स्पेनी अर्थतन्त्रमा बैंकको त्रैमासिक प्रतिवेदन प्रकाशित हुनुभन्दा अगाडि बैंकले यो घोषणा गरेको हो । एस्क्रिभाले आफ्नो भाषणमा कम्तीमा १८ पटक अनिश्चितता शब्द प्रयोग गरे ।

लामो समयसम्म अनिश्चितताले स्पेनको अर्थतन्त्रमा बढ्दो रूपमा भार पार्नसक्ने चेतावनी दिए । वृद्धि पूर्वानुमान घटाइए पनि बैंकले २०२५ मा बेरोजगारी दरको लागि आफ्नो प्रक्षेपण १०.५ प्रतिशतमा कायम राखेको छ । जबकि २०२६ को अनुमानमा थोरै सुधार गर्दै यसलाई अघिल्लो रिपोर्टबाट १०.२ प्रतिशतमा घटाएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?