Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ


एजेन्सी । एक हप्ताको अवधिमा लस एन्जलस प्रहरी विभागले आप्रवासन विरोध प्रदर्शनमा लगभग ४ सय जनालाई पक्राउ गरेको बताएका छन् ।

पक्राउ र हिरासतमा लिइएकाहरूमा ३ सय ३० गैरकानूनी आप्रवासीहरू रहेका छन् भने आक्रमण र अवरोध गरेको आरोपमा १ सय ५७ जना पक्राउ परेका छन् ।

अमेरिकाको दोस्रो ठूलो शहरमा गत मंगलवार रातिदेखि कफ्र्यू लागेको थियो । उल्लंघन गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र अन्य स्थानीय अधिकारीहरूको आपत्तिका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ हजार भन्दा बढी राष्ट्रिय गार्ड सेना र लगभग ७ सय सक्रिय ड्युटी मरीनहरू लस एन्जलस क्षेत्रमा पठाएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?