Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एयर इण्डिया विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि


एजेन्सी । भारतका संघीय मन्त्री अमित शाहले बिहीवार पश्चिमी राज्य गुजरातमा भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि गरेका छन् ।

उनले दुर्घटनाग्रस्त विमानमा १ लाख २५ हजार लिटर इन्धन रहेको पनि बताए । विमानमा २ सय ३० यात्रु र १२ चालक दलका सदस्य रहेको बताए । शाहले एयर इण्डिया विमान दुर्घटनामा मानिसहरूलाई बचाउने प्रयास असफल भएको बताए ।

विमानमा रहेको १ लाख २५ हजार लिटर इन्धनको ज्वलनले तापक्रम अत्यधिक उच्च भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको बताएका छन । प्राधिकरणले अहिलेसम्म विमान दुर्घटनामा मृत्यु हुनेको संख्या सार्वजनिक गरेको छैन ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?