Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

एमालेको झोलामा राष्ट्रवाद छः प्रवक्ता गुरुङ


काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् ।

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधवार सरकारका प्रवक्ता गुरुङले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने बताए । एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताए। सुशासन नभइकन सामाजिक र आर्थिक रुपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको बताएका छन् ।

मन्त्री गुरुङले भने, ‘झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि हो । एमालेको झोले हुन किन म तयार छु भने एमालेको भmोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ । त्यसैले अटेको छ । आजको जनताको बहुदलीय जनवादलाई एमालेले अहिलेको लोकतन्त्रलाई हामीले त्यसको वृहत रुपमा किन्प्रिहेन्सिभ डेमोक्रेसी भनेका छौँ । त्यो झोलाको सिद्धान्त बोकेको कार्यकर्ताको पार्टी हो एमाले । एमालेको राष्ट्रियता, कुटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको गुड गभर्नेन्स कसरी चलाउने, गुड गभर्नेन्स नभइकन सामाजिक आर्थिक रुपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन । हाम्रो दर्शन, फिलोसिपी, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो ।’

मन्त्री गुरुङले एमालेको झोला बोक्ने कुरामा सबैले गर्व महशुस गर्नुपर्ने बताए । आफू राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति भएकाले एमालेको झोले भएको जिकिर गरे ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?