Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत


काठमाडौँ। सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ ।

जेठ २६ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको बताएका हुन् । उनका अनुसार सरकारले निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ ।

यस्ता छन्ः सरकारका निर्णयहरुः

२०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने मिनि वल्र्ड एक्स्पो २०२५ मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

२०८२ असार १० गतेदेखि १२ गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

२०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल–चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।

निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने ।

शान्तिनगर गाउँपालिका, दाङको केन्द्र वडा नं. ४ चिराघाटबाट परिवर्तन गरी वडा नं. ४ जुम्लेकुला कायम गर्ने ।

महालक्ष्मी नगरपालिका, ललितपुरको केन्द्र वडा नं. ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नं. ८ लुभु देवीस्थान कायम गर्ने ।

नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने ।

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने ।

नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?