Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौंः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताएका छन् ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस र एमालेसँगै भएको बेलामा रोकिएर बसेका ९० को दशकमा गरिएका आर्थिक सुधारका काम कामहरूलाई अगाडी बढाउनुपर्ने बताए । उनले आर्थिक सुधारका कामहरूका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समेत जानकारी दिए । महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुराहरू अगाडी बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा शुरु गर्ने जिकिर गरे । उनले काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुराहरू थपेर संरचनालाई ठिक ठाउँमा लानुपर्नेमा जोड दिए ।

उनले भने , “नेपाली काँग्रेस र नेकपा (एमाले)सँगै भएको बेलामा ९० को दशकमा गरिएका आर्थिक सुधारहरू, जुन पछिल्लो समय रोकिएर गएको छ । ती सुधारका सन्दर्भमा हामीले व्यापक रूपमा काम गर्नुपर्नेछ । अस्ति मात्रै सम्माननीय प्रधानमन्त्री र सभापतिसँग बसेर छलफल गरेका छौँ । हामीले कानूनमा सुधार गर्ने कुराहरू अगाडी बढायौँ, अब हामी दोस्रो चरणको काम केही दिनमा सुरु गर्छौ । हामीले काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौँ । नियम, कार्यविधिका नाममा जुन शासन चलाइएको छ, हामीले दर्जनौँ खारेज गर्नुपर्नेछ । कैयौँ नयाँ कुराहरू बनाउनुपर्नेछ । बनाइसकेपछि यो संरचनालाई हामीले ठिक ठाउँमा लिएर जानुपर्नेछ ।”

उनले काँग्रेस र एमाले मिलेर सरकार चलाउँदै गर्दा त्यसको लाभ आम नागरिकले पाउनुपर्ने बताउँदै तब मात्रै यसको अर्थ हुने जिकिर गरे ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?