Trending
>>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ। भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ दल नेकपा एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सांसद ठाकुरसहित १७ जनालाई प्रतिवादी बनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पतीको हिनामिना, हानी नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष, व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप आरोपपत्रमा रहेको बताए ।

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पतीको हिनामिना, हानी नोक्शानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष, व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसमा आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप आरोपपत्रमा देखिन्छ । यसमा प्रतिवादीहरुलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको छ ।’

उनले प्रतिवादीहरुलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरिएको बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?