Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गर्मी बढेसँगै बढ्यो फलफूलको व्यापार


काठमाडौँ। गर्मी बढेसँगै काठमाडौं उपत्यकामा फलफूलको व्यापार व्यवसाय बढेको छ ।

पछिल्लो केही दिनदेखिको चर्को गर्मीको कारण काठमाडौँमा फलफूलको व्यवसाय फस्टाएको हो ।

गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको विक्री बढेको हो । काठमाडौंका हरेक फलफूल पसलहरूमा गर्मीबाट राहत पाउन उपभोक्ताको भीडभाड बढेको हो ।

गर्मीमा शिलतला महशुस गराउने फलफूलहरू ग्राहकको प्राथमिकतामा परेका छन् । फलफूल तथा जुस व्यवसायीका अनुसार पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ ।

गर्मी याममा शरीरलाई चिसो राख्न र डिहाइड्रेसनबाट बच्न फलफूल र जुसहरूको ठूलो भुमिका हुन्छ । तरबुजा, खरबुजा, आँप, अनार, सुन्तला, स्ट्रबेरी, ब्लु बेरी जस्ता बेरी फलहरू, नरिवल पानी, बेलको जुस र निम्बू पानीको व्यापार बढेसँगै व्यवसायीहरू पनि उत्साहित बनेका छन् ।

पछिल्लो समयले ग्राहकले बोत्तलको जुस तथा पेयपदार्थ भन्दा फलफूलको जुसलाई बढी रुचाउने गरेको व्यवसायीहरु बताउँछन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?