Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

गर्मी बढेसँगै बढ्यो फलफूलको व्यापार


काठमाडौँ। गर्मी बढेसँगै काठमाडौं उपत्यकामा फलफूलको व्यापार व्यवसाय बढेको छ ।

पछिल्लो केही दिनदेखिको चर्को गर्मीको कारण काठमाडौँमा फलफूलको व्यवसाय फस्टाएको हो ।

गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको विक्री बढेको हो । काठमाडौंका हरेक फलफूल पसलहरूमा गर्मीबाट राहत पाउन उपभोक्ताको भीडभाड बढेको हो ।

गर्मीमा शिलतला महशुस गराउने फलफूलहरू ग्राहकको प्राथमिकतामा परेका छन् । फलफूल तथा जुस व्यवसायीका अनुसार पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ ।

गर्मी याममा शरीरलाई चिसो राख्न र डिहाइड्रेसनबाट बच्न फलफूल र जुसहरूको ठूलो भुमिका हुन्छ । तरबुजा, खरबुजा, आँप, अनार, सुन्तला, स्ट्रबेरी, ब्लु बेरी जस्ता बेरी फलहरू, नरिवल पानी, बेलको जुस र निम्बू पानीको व्यापार बढेसँगै व्यवसायीहरू पनि उत्साहित बनेका छन् ।

पछिल्लो समयले ग्राहकले बोत्तलको जुस तथा पेयपदार्थ भन्दा फलफूलको जुसलाई बढी रुचाउने गरेको व्यवसायीहरु बताउँछन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?