Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुने बताएका छन् ।

मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि छलफल र चर्चाको विषय बन्ने गरेको उल्लेख गर्दै यस्तो देख्दा दुःख लाग्ने बताए । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना राज्य प्रणालीले नगरेको जिकिर गरे । यो दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको बताए । उचित संयोजन र सन्तुलन कायम हुनसके, पारस्परिक सम्बन्धी जीवन्त हार्दिक हुनसके र एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने उद्देश्यका साथ अघि बढ्नसके भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यि दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पर्ने बताएका हुन् । मौद्रिक नीति र वित्त नीतिमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने नभइ यि दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्ने र मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्ने बताएका छन् । उनले मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरु उठ्ने गरेको बताउँदै अर्थमन्त्री पौडेलले सुशासनका प्रश्नमा कतै न कतै चुक्ने गरेको जिकिर गरे । उनले सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा बुझेर समस्या समाधान गर्न आवश्यक रहेको पनि बताए ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘सबैतिर मौद्रिक सुशासनको बारेमा केही प्रश्नहरु उठ्ने गरेका छन् । सुशासनका प्रश्नमा हामी कतै न कतै चुक्ने गरेका छौँ । सुशासनका प्रश्नमा कहाँ हामी चुकेका छौँ । सुशासन प्रभावकारी बनाउन कहाँ ध्यान दिनुपर्छ भन्ने विषयमा आजको यस कार्यक्रममा यहाँहरुबाट सार्थक छलफल होस् । अहिले एउटा प्रश्न मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी सन्तुलन, अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचको आपसी सम्बन्ध, अर्थमन्त्री र गभर्नरको बीचको सम्बन्धको विषय केही समयदेखि हाम्रो समाजमा छलफलको, चर्चाको टिप्पणी र प्रतिटिप्पणी हुने गरेको छ । यो स्थिति देख्दा दुःख लाग्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा, अर्थमन्त्री र गभर्नरका बीचमा कुनै असहमझदारीको परिकल्पना हाम्रो राज्य प्रणालीले असमझदारीको कल्पना गरेको छैन । यि दुई संस्था र पदाधिकारीका बीचमा जीवन्त र घनिष्ट सम्बन्धको अपेक्षा गरिएको छ । वित्त नीति र मौद्रिक नीतिका बीचमा उचित संयोजन र सन्तुलनको अपेक्षा गरिएको छ । उचित संयोजन र सन्तुलन कायम हुनसक्यो, पारस्परिक सम्बन्धी जीवन्त हार्दिक हुनसक्यो । एकले अर्काका विषयहरु सुन्ने, बुझ्ने र सघाउने एप्रोचका साथ अघि बढाउन सक्यौँ भने समग्र अर्थतन्त्रलाई अघि बढाउन मद्दत पुग्छ । कदाचित यि दुई संस्था र दुई निकायका बीचमा मौद्रिक नीति, वित्त नीतिका बीचमा सही सन्तुलन हुन सकेनन् भने त्यसले अर्थतन्त्रको गतिलाई नकारात्मक प्रभाव पार्दछ । मौद्रिक नीति र वित्त नीति यि दुईमध्ये एउटाले रोक्ने र अर्कोले खोल्ने बाटोबाट हिँड्ने होइन, हामी यि दुईका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्छौँ । आज अर्थ मन्त्रालय र राष्ट्र बैंकका बीचमा अर्थमन्त्री र गभर्नरका बीचमा, वित्त नीति र मौद्रिक नीतिका बीचमा त्यस प्रकारको दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन् । हामी आफ्ना सीमाभित्र रहेर समस्या केन्द्रित र समाधानउन्मुख सार्थक प्रयासमा सँगै अगाडि बढ्नेछौँ । मुलुकको अर्थतन्त्र गतिशिल बनाउन प्रयास गर्नेछौँ ।’

उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्ने मनोविज्ञान रहेको बताउँदै आफूहरुको जिम्मेवारी समस्या छ भनेर समस्याको वर्णन गर्नमा सिमित हुनु नहुने बताए । कार्यकारी जिम्मेवारीमा रहेकाहरुको काम समस्या देख्ने र समाधान गर्नेमा केन्द्रित हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?