Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गाजाको सुरुङबाट हमास कमाण्डर मोहम्मद सिनवारको शव बरामद भएको इजरायलको दाबी


एजेन्सी। इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङबाट हमासका सैन्य शाखाका प्रमुख मोहम्मद सिनवारको शव बरामद गरी इजरायल लगेको बताएको छ ।

सेनाले मोहम्मद सिनवारको शव खान युनिसको युरोपेली अस्पताल मुनिको भूमिगत सुरुङ मार्गमा फेला पारेको बताएको हो । हमासको रफाह ब्रिगेडका कमाण्डर सिनवार र मुहम्मद शबानेहलाई मे १३ मा इजरायली सेना र शिन बेट गुप्तचर एजेन्सीले सुरुङमा मारेको थियो । गत बुधवारदेखि भारी हवाई आक्रमणमा शुरु भएको क्षेत्रमा छापा मार्ने क्रममा शवहरू फेला परेका थिए । छापा अझै जारी रहेको सेनाले बताएको छ । अपरेशनको क्रममा थप शवहरू बरामद गरिएको र तिनीहरूको पहिचान जाँच भइरहेको छ बताइएको छ ।

मे महिनाको अन्त्यतिर इजरायली सेनाले पहिलो पटक सिनवार हवाई आक्रमणमा मारिएको बताएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूले आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए ।

४९ वर्षीय सिनवारलाई इजरायली सेनाले हमासको सबैभन्दा वरिष्ठ र लामो समयदेखि सेवा गरिरहेका कमाण्डरहरूमध्ये एकको रूपमा वर्णन गरेको थियो । जसले अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणमा मुख्य भुमिका खेलेका थिए । उनी गाजाका पूर्व हमास नेता याह्या सिनवारका कान्छा भाइ थिए । जसलाई अक्टोबर २०२४ मा इजरायली सेनाले मारेको थियो । इजरायली आक्रमणहरूले प्यालेस्टिनीहरूमाथि आक्रमण जारी राखेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५४ हजार ८ सय ८० पुगेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले हालसम्म १ लाख २६ हजार २ सय २७ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?