Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाजाको सुरुङबाट हमास कमाण्डर मोहम्मद सिनवारको शव बरामद भएको इजरायलको दाबी


एजेन्सी। इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङबाट हमासका सैन्य शाखाका प्रमुख मोहम्मद सिनवारको शव बरामद गरी इजरायल लगेको बताएको छ ।

सेनाले मोहम्मद सिनवारको शव खान युनिसको युरोपेली अस्पताल मुनिको भूमिगत सुरुङ मार्गमा फेला पारेको बताएको हो । हमासको रफाह ब्रिगेडका कमाण्डर सिनवार र मुहम्मद शबानेहलाई मे १३ मा इजरायली सेना र शिन बेट गुप्तचर एजेन्सीले सुरुङमा मारेको थियो । गत बुधवारदेखि भारी हवाई आक्रमणमा शुरु भएको क्षेत्रमा छापा मार्ने क्रममा शवहरू फेला परेका थिए । छापा अझै जारी रहेको सेनाले बताएको छ । अपरेशनको क्रममा थप शवहरू बरामद गरिएको र तिनीहरूको पहिचान जाँच भइरहेको छ बताइएको छ ।

मे महिनाको अन्त्यतिर इजरायली सेनाले पहिलो पटक सिनवार हवाई आक्रमणमा मारिएको बताएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूले आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए ।

४९ वर्षीय सिनवारलाई इजरायली सेनाले हमासको सबैभन्दा वरिष्ठ र लामो समयदेखि सेवा गरिरहेका कमाण्डरहरूमध्ये एकको रूपमा वर्णन गरेको थियो । जसले अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणमा मुख्य भुमिका खेलेका थिए । उनी गाजाका पूर्व हमास नेता याह्या सिनवारका कान्छा भाइ थिए । जसलाई अक्टोबर २०२४ मा इजरायली सेनाले मारेको थियो । इजरायली आक्रमणहरूले प्यालेस्टिनीहरूमाथि आक्रमण जारी राखेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि एन्क्लेभमा मृत्यु हुनेको संख्या ५४ हजार ८ सय ८० पुगेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले हालसम्म १ लाख २६ हजार २ सय २७ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?