Trending
>>   वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन >>   झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन >>   बंगलादेशको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुग्यो >>   उत्तरी म्यानमारमा जेड खानी भत्किँदा २० जना पुरिए >>   पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल >>   दक्षिणी इटालीमा अत्याधिक गर्मी >>   गाजाका वरिष्ठ स्वास्थ्य अधिकारी इजरायली सेनाको हिरासतमा >>   अमेरिकी करले व्यापारलाई कमजोर पार्नसक्छः इटालियन औद्योगिक संघ >>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०७ गते बुधबार
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

बनेपामा तीन दिने विपद् अनुशिक्षण तालिम सम्पन्न


काठमाडौँ। बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, नं. १५ गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक समापन कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ । तालिममा १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले विपद् अवधिमा अपनाउनुपर्ने सावधानी र विपद् सूचनाको संकलन तथा व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका नगरप्रमुख शान्ती रत्न शाक्यले “विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आगामी वर्षमा थप बजेट विनियोजन गर्दै स्वयंसेवक तालिमको निरन्तरता दिइने बताए । कुनैपनि ठाउँमा विपद् आउनसक्ने भन्दै सधैँ सचेत रहनुपर्ने बताएका छन् ।

आगामी दिनमा थप स्वयंसेवक तालिमहरू सञ्चालन गर्नुपर्ने सुझाव पनि दिए । गत असोजमा आएको बाढी र पहिरोका कारण बनेपामा मात्र चार जनाले ज्यान गुमाएका थिए । तर त्यति ठूलो जनधनको क्षति भए पनि नेपाल सरकारद्वारा बनाइएको विपद्ग्रस्त पालिकाको सूचीमा बनेपा नगर समावेश गरिएको थियो ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?