Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

लिबियाद्वारा ४ सय ८४ अवैध आप्रवासी पक्राउ


एजेन्सी। लिबियाको सुरक्षा एजेन्सीले ४ सय ८४ जना अवैध आप्रवासी पक्राउ गरेको छ । पक्राउ हुनेमा ४० भन्दा बढी देशका नागरिक रहेका छन् । जसमध्ये ७८ महिला र ४३ बालबालिका छन् ।

पहिले उत्तरपश्चिमी तटीय शहर सब्राथामा बसोवास गर्ने यी अवैध आप्रवासीहरूले युरोप पुग्ने अवसर खोजिरहेका थिए । लिबियाको सुरक्षा खतरा प्रतिरोध विभागले आप्रवासीहरूलाई आधारभुत जीवनयापनका सामग्रीहरू प्रदान गरेको छ । उनीहरू त्रिपोलीको अवैध आप्रवासी संगठनमा स्थानान्तरणको पर्खाइमा छन् । लिबियाको राजनीतिक अवस्था २०११ देखि निरन्तर अशान्तिमा छ ।

धेरै अवैध आप्रवासीहरू दक्षिणबाट लिबियामा प्रवेश गरेका छन् । भूमध्यसागर पार गरेर युरोप जानुअघि देशलाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?