Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

आर्थिक संकुचनमा बजेट ल्याउँदा पनि वित्तीय हस्तान्तरण बढायौं ;उपाध्यक्ष अधिकारी


काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले मुलुक आर्थिक संकुचनमा रहेकै बेला नयाँ बजेट ल्याएपनि तल्लो तहमा जाने अनुदानलाई बढाइएको बताएका छन् ।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौंमा भएको कार्यक्रममा तल्लो तहका सरकार बलियो नभएसम्म संघीयता प्रभावकारी नहुने भन्दै त्यहाँ जाने अनुदान बढाइएको बताए । उपाध्यक्ष अधिकारीले तीन करोड भन्दा सानाका परियोजना कतिपय सशर्तका रुपमा तल पठाइएको बताए । अब सशर्तमा पालिका, प्रदेशहरुले छनोट गरेका आयोजनाहरु हुनुपर्छ ।

उपाध्यक्ष अधिकारीले भने ‘आर्थिक संकुचनका कारण स्रोतको ठूलो अभाव हुँदाहुँदै पनि हामीले यथार्थपरक बजेट ल्यायौं । त्यति मात्रै होइन तल जाने वित्तिय हस्तान्तरण बढायौं । इमान्दारीतासाथ भन्नुपर्छ, बजेट बढाउनुको कारण तीन करोडका आयोजनाको सीमा राख्नु हो । यो सीमा राख्दा साना आयोजना के गर्ने त भन्ने कुरा आयो । ती आयोजना तल्लो संरचनाबाटै सञ्चालन गर्नुपर्छ भनेर वित्तीय हस्तान्तरण बढाएको हो ।’

समानिकरण अनुदानमा समेत केही फर्मुला परिवर्तन गर्नका लागि राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगसँग छलफल भइरहेको उनको भनाई छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?