Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताएका छन् ।

माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताएका हुन् । माओवादी नेतृत्वको सरकारले रिटर्नीहरूका लागि विशेष प्याकेज कार्यक्रम अघि सारेको भएपनि सरकार परिवर्तनपछि उक्त कार्यक्रमको बजेट अन्यत्र सारिएको जानकारी आफूले पाएको दाबी गरे । विदेशबाट फर्किएका नागरिकको योगदानको कदर गर्दै सरकारले विषेश योजनाहरु ल्याउनुपर्ने बताए ।

उनले भने , ‘राज्यले रिटर्नीहरुलाई जुनस्तरको महत्व दिनुपर्ने र रिटर्नीको भावनालाई कदर गर्नुपर्ने हो त्यस्तो भएको छैन । तर हाम्रो पार्टी र हाम्रो पार्टीको नेतृत्वको सरकार भएको बेलामा हामीले राज्यको नीति कार्यक्रममा पनि र बजेट बत्तलव्यमा पनि रिटर्नी सेन्टर र रिटर्नीहरुलाई विशेष महत्व दिनुपर्छ भनेर नै रिटर्नी उद्यमशीलता कार्यक्रम भनेर एउटा प्याकेजमा नै कार्यक्रम अगाडि सार्ने हामीले जमर्को गरयौं । नीति तथा कार्यक्रममा पनि हामीले यसको महत्व र आवश्यकतालाई जोड दिने हामीले प्रयास गरयौं । माओवादी नेतृत्वको सरकार हुँदा हामीले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ, उहाँहरुले राज्यलाई गर्न खोज्नुभएको योगदानमा सहजिकरण पनि गर्नुपर्दछ भन्नेमा हामी क्लियर थियौँ । अहिले पनि स्पष्ट छौं । तर दुर्भाग्य के भयो भने हामीले छुट्याएको रकम पनि हामी सरकारबाट बाहिर गएपछि अन्यत्रै त्यो बजेट लगिएको भन्ने हामीले थाहा पाएका छौँ ।’

उनले मुुलुकको आर्थिक र सामाजिक विकासका लागि रिटर्नीहरुको महत्वपूर्ण भुमिका रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?