Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनःस्थापना गर्न सांसद शाहको माग


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाहले बाजुराकोे बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनस्र्थापना गर्न सरकारसँग माग गरेकी हुन् ।

सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिईन । उनले पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित छिटोभन्दा छिटो पुनःस्थापनाको माग गरीन । सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा यति ठूलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने र तत्काल क्षतिपूर्तिससिहत पुनःस्थापना गर्न माग गरीन ।

उनले भनीन, ‘यही जेठ २३ गते बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भिषण आगलागी हुँदा १३ पसल र २ वटा होटल सम्पूर्ण रुपमा नष्ट भएका छन् । ३४ वटा पसल र होटलमा क्षति भएको छ । आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ । यो दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दछु, पीडितहरुप्रति सहानुभुति प्रकट गर्दछु । पीडित व्यापारीहरुलाई राहत र क्षतिपूर्ति दिएर तुरुन्त पुनःस्थापना गर्न सरकारसँग जोडदार माग गर्दछु । अब्राहम लिंकनको एउटा भनाई छ– हजार जना मूर्ख भएपनि देशलाई खासै असर पर्दैन तर एक नेता मूर्ख भए देश डुब्छ र जनताले दुःख पाउँछन् । अर्बौं लगाएर भ्यू टावर बनाउने सरकारले बाजुरालाई एउटा दमकल दिन सकेन । दमकल भएको भए सम्भवतः यति ठूलो क्षति हुने थिएन । तसर्थ क्षतिको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ भनी जोडदार माग गर्दछु ।’

उनले अब्राहम लिंकनको भनाईलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताईन ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?