Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गरेका हुन् । उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्वतयारी कार्यान्वयन ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे । उनले छिमेकी मुलुक भारतमा विगत नौ दिनमा तीन हजार चार सय २३ जना कोरोना संक्रमित थपिएको र ५८ जनाको मृत्यु भइसकेकाले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने बताए ।

उनले भने , ‘भारतमा कोरोना भाइरसको संक्रमितको संख्या दिनदिनानु तिब्र गतिमा बढीरहेको छ । विगतका ९ दिनमा तीन हजार चार सय २३ जना संक्रमित थपिएका र ५८ जनाको मृत्यु भइसकेको छ । नेपालबाट हजारौंको संख्यामा नेपाली कामदार भारत जाने र भारतबाट पनि रोजगारीका लागि नेपाल आउने गरेको यथार्थलाई मध्यनजर राखी नेपाल सरकारले सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउने । सीमा आवागमन सहज र सुरक्षित बनाउने । परीक्षण केन्द्र, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियानलाई विस्तार गर्ने । भारतबाट नेपाल फर्कने नेपाली नागरिकलाई निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने । विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी योजना र रणनीति तुरुन्त कार्यान्वयनमा ल्याउन सरकार र सम्बन्धित मन्त्रालयलाई आग्रह गर्दछु ।’

उनले नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?