Trending
>>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :…
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

१६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान


काठमाडौँ। १६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित नेपाल लगानी बोर्डका सदस्यहरु, कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकाल लगायतको टोली मकाओ प्रस्थान गरेको हो । सम्मेलन जेठ २६ गतेदेखि ३० गतेसम्म मकाओमा हुँदैछ । प्रस्थान गर्नुपूर्व विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष सिंहले चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेको बताए । उनले मकाओ सरकारको आयोजनामा हुन लागेको पूर्वाधार लगानी सम्मेलनमा नेपालले हरेक वर्ष भाग लिँदै आएको जानकारी दिए । नेपालमा लगानीका धेरै सम्भावना रहेको र लगानीको बारेमा आफूहरुले पैरवी गर्दै आएको बताए । नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र आयोजना गरिएको र त्यसमा नेपालको तर्फबाट लगानीकको बारेमा जानकारी गराइने बताए । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले प्रत्येक वर्ष चीन सरकारको निमन्त्रणामा चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा यो सम्मेलन मकाओमा भइरहेको छ । मकाओ सरकारको आयोजनामा लगानी सम्मेलन हुन्छ । हरेक वर्ष हामीले भाग लिँदै गर्दा नेपालमा लगानीको उपयुक्त वातावरण छ । यहाँ लगानीको सम्भावना धेरै छन् । लगानीको बारेमा पैरवी गर्दै आएका छौँ । यस वर्ष विशेष गरी कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकालज्यु र नेपाल लगानी बोर्डबाट पनि केही सदस्य साथीहरु जाँदै हुनुहुन्छ । उहाँहरुले नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र छ । निर्माण व्यवसायी महासंघको नेतृत्व गर्दै मैले पनि सहभागिता जनाएको छु । लगानीमा सबैको शेयर भन्ने नारा छ । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक छ । त्यो लगानीमा सबै लगानीकर्ता, लगानी गर्ने मुलुक र त्यहाँका जनतालाई लाभ हुनेबारेमा छलफल गर्नेछौँ । ९ तारिकदेखि १३ सम्म मकाओमा यो समिट हुँदैछ, यो १६ औं सम्मेलन हो ।’

अध्यक्ष सिंहले हरेक वर्ष नेपालमा लागनीको सम्भावनाबारे पैरवी गर्दै आएको र अहिले कानूनको हिसावले पनि नेपालमा लगानी गर्न सहज बनेको भन्दै लगानी बढी भित्रनेमा आशावादी रहेको बताए ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?