Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

गाजा सहायता केन्द्रस्थलमा इजरायली हमलामा ५ जनाको मृत्यु


एजेन्सी। प्यालेस्टिनी समाचार एजेन्सी वाफाले स्वास्थ्य अधिकारी र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै गाजा पट्टीमा दुई सहायता वितरण केन्द्र नजिकै इजरायली आक्रमणबाट कम्तीमा पाँच प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । एक सय भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।

दक्षिणी शहर रफाहमा गाजा मानवीय फाउण्डेसनद्वारा सञ्चालित खाद्य वितरण केन्द्र नजिकै ठूलो भीड जम्मा हुँदा बिहान ६ बजे गोलीबारी भएको थियो । इजरायल र संयुक्त राज्य अमेरिका दुवैको सहयोगमा स्थापित उक्त स्थल शनिबार बिहान खोल्ने तालिका थियो । अस्पतालका कर्मचारीहरूकाअनुसार चार जनाको शव खान युनिसको नासेर अस्पतालमा लगिएको थियो ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?