Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

लोकतन्त्रका नाममा गुटबन्दीलाई प्राथमिकता नदिनुस्ः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीलाई प्राथमिकता नदिन अनेरास्ववियुलाई आग्रह गरेका छन् ।

आईतवार अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धतिमा जान छुट भएपनि गुट बनाएर प्रतिष्पर्धा नगर्न आग्रह गरेका हुन् । उनले माधव नेपालतर्फ इंगित गर्दै एकीकृत समाजवादी गुटगत प्रवृत्तिको उपज भएको दाबी गरे । एमालेमा तीन दशकसम्म नेतृत्व गरेकाहरुले नै एमालेलाई धुलोपिठो बनाउँछौं, टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छौं भन्दै हिँड्ने अवस्था गुटबन्दीकै परिणाम भएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले विद्यार्थीलाई एकतावद्ध भएर जान आग्रह गर्दै एकतावद्ध हुनसक्ने अवस्था नभएमा लोकतान्त्रिक पद्धतिमा जाने छुट भएको तर, लोकतन्त्रका नाममा गुटबन्दी गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।

उनले भने, ‘केही गफाडीहरु अहिले हामीलाई लोकतन्त्र सिकाउन फुत्त निस्किरहेका छन् । लोकतन्त्र के हो र कसरी रक्षा गर्नुपर्छ भनेर । पार्टीमा झ्याम्टा बजाई भयो भने लोकतन्त्र हुने र झ्याम्टा बजाइ भएन भने लोकतन्त्र नहुने भन्ने हुँदैन । एकताबद्ध भएर लोकतन्त्र ल्याउने कुरा महत्वपूर्ण हो । भावनामा बगेर कुद्ने होइन । एकताबद्ध भएर जानुस् मेरो सुझाव हो, एकताबद्ध हुनसक्नुभएन भने लोकतान्त्रिक पद्धतिमा जानुस् । तर, गुट बनाएर नजानुस् त्यो पछिसम्म कायम रहिरहन्छ । म भन्न चाहन्छु गुट बनाएर हिड्ने काम गर्नुहुँदैन । र, गुट बनाएपछि कस्तो हुन्छ भने मान्छेले गुटलाई माया गर्ने, पार्टीलाई नगर्ने हुन जान्छ । अहिले एकीकृत समाजवादी भनेर बनाएको छ नि एउटा पार्टी त्यही गुटगत प्रवृत्तिले त्यहाँ पु¥याएको हो । यही पार्टीमा वर्षौसम्म नेता भएकाहरुले नै एमालेलाई धुलोपिठो बनाएर छाडिदिन्छु, टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्दै हिँडे जसले पार्टीमा तीन दशक नेतृत्व गरे । त्यसकारण गल्तीको बाटो एक पाइलो पनि नहिड्नुस् हिडिहाल्नु भो भने फर्की हाल्नुस् । पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछाड्नुस् । त्यसकारण सही विचार अंगालेर अगाडि बढ्नुस् ।

उनले पार्टीभित्र झ्याम्टा बजाइ भयो भने लोकतन्त्र हुने र झ्याम्टा बजाई भएन भने लोकतन्त्र नहुने भन्ने तर्क उचित नभएको भन्दै पार्टीभित्र र बाहिर फाटो ल्याउने तत्वहरु सक्रिय रहेकाले सचेत रहन आग्रह गरे ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?