Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु रहेको बताएका छन् ।

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । विगतमा दुनियाँमै कम्युनिष्ट र समाजवादी आन्दोलन धरापमा परेको समयमा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलनको रक्षा गरेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले अबको १३ महिनापछि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिएर सरकारमा सामेल हुने र नेतृत्व सुम्पिएपछि आफुहरु मिसन ८४ मा लाग्ने स्पष्ट पारे । अहिले पनि विपक्षी दलले अनेक जालझेल गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एकता, फेरि एकता र सुदृढ एकता आफुहरुको आवश्यकता रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा गर्ने, सदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको दावी गरे ।

उनले भने , ‘हिजो दुनियाँमा कम्युनिष्ट र समाजवादी आन्दोलन नै धरापमा परेको समयमा जनताको बहुदलीय जनवादले आन्दोलनको रक्षा गरेको हो । त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभाष हामीसँग आएको थियो । एकता, फेरि पनि एकता र अझै सुदृढ एकता । आज हामीलाई त्यही आवश्यकता छ । एकता बिनाको संगठनले केही पनि गर्नसक्दैन । तपाईको संगठनमा १० लाख मान्छे भएपनि त्यहाँभित्र अनेक विविधता छ भने पनि आधाले एकातिर र आधाले अर्कोतिर तान्यो भनेपनि केही काम गर्दैन । हाम्रो पार्टीले सही नीति लिएको छ । हामीले सही नीतिहरु लिएका छौं । विल्कुलै सही नीति लिएका छौं । सही सिद्धान्तद्वारा निर्देशित छौं । हामी सही रणनीति र कार्यनीतिबाट निर्देशित छौं । हामीले सही गन्तव्य तोकेका छौं, त्यसमा कस्ता कस्ता प्रभाव आउन सक्छन् भन्ने घुम्ति पनि देखेका छौं । हाम्रा सामु कस्ता चुनौति छन् भन्ने पनि हामीलाई थाहा छ । त्यसकारण सही नीति छँदैछन्, आवश्यकता छ नै, नीतिको समस्या हामीसँग छैन । सही र सफल कार्यान्वयनको छ किनकी यो देशमा लोकतन्त्र साँच्चैको लोकतन्त्र हामीले ल्याएका हौं ।’

उनले पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछोड्न र सही विचार अंगालेर अगाडि बढ्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरे ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?