Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

विरोधीहरु एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन् ।

आईतवार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताए । अब १३ महिनापछि फेरि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिने दाबी गरे । उनले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गरेका छन् । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने मिसन भएको बताए । प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्ने काम गरिरहेको बताए । बहुमत ल्याउने दाबी काँग्रेसले पनि गरिरहेको र कसले ल्याउँछ भन्नेकुरा आफ्नो ठाउँमा रहेको बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनैपनि समय नेतृत्वमा हुँदैनौँ । अब १३ महिनापछि फेरि हामी नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिन्छौँ । हामीले सम्झौता गरेका छाँै । हाम्रो उद्देश्य मिसन ०८४ यो कुनै अन्योलको अमूर्त कुरा होइन । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने हो । यो राष्ट्रिय शक्ति त छँदैछ । तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नुपर्छ, मिसन ०८४ मा । त्यस उद्देश्यका साथ हामी अघि बढेका छौँ । हाम्रा विरोधीहरुले प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्न खोज्छन् । नेपाली काँग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दा गर्दै पनि । हामी पनि भन्छौँ, बहुमत ल्याउँछौँ । कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला । तर बहुमत ल्याउने दाबी अनेकले गर्दछन् । यतिसम्म की प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छौँ । हामी त वास्तवमै मजबुत राष्ट्रिय शक्तिको रुपमा छाँै, लोकप्रिय पार्टीको रुपमा छौँ ।’

प्रधानमनत्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहनुभएको बताएका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?